Breaking News

विषका कारण एकै परिवारका दुई बालकहरुको मृत्यु

२९ कात्तिक, रौतहट । रौतहटमा एकै परिवारका दुई बालकहरुको विषका कारण मृत्यु भएको छ ।

रौतहटको देवाही गोनाही नगरपालिका ५ टिकुलियाका सञ्जय मुखियाका ५ वर्षीय छोरा आकाश र ४ वर्षीय छोरा विकासको मृत्यु भएको हो । उनीहरुको उपचारको क्रममा ज्यान गएको हो ।

ती बालकहरुलाई सुरुमा उपचारका लागि गरुडा लगिएको थियो तर स्वास्थ्यमा सुधार नआएपछि थप उपचारका लागि वीरगञ्ज लग्दै गर्दा बाटोमै ज्यान गएको हो ।