न्युजिल्याण्डलाई ८ विकेटले पराजित गर्दै अस्ट्रेलियाले टी–२० विश्वकपको उपाधि कब्जा

एजेन्सी

अस्ट्रेलियाले  पहिलोपटक टी–२० विश्वकपको उपाधि जितेको छ । लगातार तीनवटा ५० ओभरको विश्वकप जित्ने पहिलो टिन्युजिल्याण्डलाई ८ विकेटले पराजित गर्दैम बनेको अस्ट्रेलियाबाट टी–२० विश्वकपको उपाधि भने टाढा रहँदै आएको थियो । यसअघि सन् २०१० मा भएको विश्वकपमा अस्ट्रेलिया इंग्ल्याण्डसँग ७ विकेटले पराजित हुँदै उपाधि चुम्नबाट चुकेको थियो । तर यसपटक भने न्युजिल्याण्डले प्रस्तुत गरेको १ सय ७३ रनको लक्ष्य १८।५ ओभरमा पछ्याउँदै अस्ट्रेलियाले उपाधिमाथि कब्जा जमाउन सफल भएको हो ।

अस्ट्रेलियालाई जीत दिलाउन मिचेल मार्सले नटआउट रहँदै ७७ रनको महत्त्वपूर्ण पारी खेले । कप्तान एरोन फिन्चलाई तेस्रो ओभरमा गुमाए पनि वार्नर र मार्सले टोली सम्हालेका थिए । बोल्टको बलमा बोल्ड हुन अघि वार्नरले मात्र ३८ बलमा ५३ रन बनाए । ग्लेन म्याक्सवेलले नटआउट रहँदै २८ रनको योगदान दिए ।

यसअघि कप्तान केन विलियमसनको विस्फोटक पारीको मद्दतले न्युजिल्याण्डले टी–२० विश्वकपको फाइनल खेलमा अस्ट्रेलियाविरुद्ध १ सय ७३ रनको लक्ष्य प्रस्तुत गरेको थियो । टस हारेर पहिलो ब्याटिङ गरेको न्युजिल्याण्डले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १ सय ७२ रनको बनाएको हो ।

विलियमसनले मात्र ४८ बलमा ८५ रन बनाए। जस हेजलवुडको बलमा आउट हुन अघि उनले १० चौका र तीन छक्का हिर्काए । त्यस्तै ओपनर मार्टिन गुप्टिलले २८ रनको योगदान दिए भने ग्लेन फिलिप्सले १८ रन बनाए । ​अस्ट्रेलियाका लागि हेजलवुडले किफायती बलिङ गर्दै ४ ओभरमा मात्र १६ रन खर्चेर ३ विकेट लिए भने एडम जाम्पाले पनि मात्र २६ रन खर्चिदै १ विकेट लिए । दुवै टोली पहिलो टी–२० विश्वकप उपाधि जित्ने दाउमा रहेका छन् ।