२६ कात्तिक, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशन प्रतिनिधि चयनको पूर्वसन्ध्यामा भिडियो सन्देश जारी गर्दै कार्यकर्तापंक्तिलाई उच्च समझदारीका साथ प्रतिनिधि चयन गर्न आग्रह गरेका छन् ।
प्रतिश्पर्धा मात्रै होइन, अझ उन्नत स्तरको समझदारी र सहमति लोकतन्त्रको उच्च स्तरीय अभ्यास हो’, ओलीले भनेका छन् ।
दलभित्रको समझदारी सुदृढ एकताको आधार हुने पनि ओलीले बताएका छन् । चितवनमा १०–१२ मंसिरमा हुने १०औं महाधिवेशनका लागि भोलि दशैभर प्रतिनिधि चयन हुँदैछ ।