Breaking News

शम्भु श्रेष्ठको नेतृत्वमा समाजवादी प्रेस संगठनको केन्द्रीय कमिटी घोषणा

May be an image of 8 people and people standing२७ कात्तिक, काठमाडौं । आज काठमाण्डौंका बानेश्वरमा समाजवादी प्रेस संगठनको घोषणा सभामा प्रमुख अतिथिको रुपमा बोल्ने क्रममा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले पार्टी निकट पत्रकारहरूलाई रक्सी नखान निर्देशन दिएका छन् ।

May be an image of 5 people, people sitting and people standing

समाजवादी प्रेस संगठन नेपालको घोषणा सभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले रक्सी खाएको थाहा पाएँ राम्रो नमान्ने बताए । ‘पाँच तारे होटल धाइधाई, कसैलाई नखाई निद्रै नलाग्ने बानी पक्कै छैन होला । यो कुरा थाहा पाए भने म राम्रो मान्ने छैन’, नेपालले भने ।

May be an image of 7 people, people sitting and people standing

पार्टी नेताहरु समेत साँझ नपर्दै होटलको कोठाकोठा पुगेर रक्सी खाने र झगडा गर्नेगरेको सूचना पाएको अध्यक्ष नेपालले बताए । पत्रकारहरुले पनि त्यसो गर्न नहुने उनले बताए ।

‘म सुझाव दिन्छु, रक्सीले मान्छेको स्वास्थ्य खतम पार्छ । आयु घटाउँछ । रोग निम्त्याउँछ, रोगी बनाउँछ’, रक्सी पिउन छोड्न आग्रह गरेका थिए उक्त घोषणा सभामा संगठनको अध्यक्ष शक्भु श्रेष्ठको नेतृत्वमा केन्द्रीय कमिटी घोषणा गरिएको थियो ।

समाजवादी प्रेस संगठनको केन्द्रीय कमिटी यस प्रकार छ :

प्रेस विज्ञप्ति समाजवादी प्रेस संगठन

May be an image of one or more people, people sitting and people standing