Breaking News

न्यायालयमा देखिएको संकट समाधानमा कार्यपालिकाले हस्तक्षेप गर्न नमिल्ने

२६ कात्तिक, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले न्यायालयमा देखिएको संकट समाधानमा कार्यपालिकाले हस्तक्षेप गर्न नमिल्ने बताएका छन् ।

प्रधानमन्त्री देउवालाई भेटेर कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूले पछिल्लो अवस्थाबारे छलफल गरेका थिए ।

बिहीबार साँझ महान्यायाधिवक्ता खम्मबहादुर खाती, सर्वोच्च बारका अध्यक्ष पूर्णमान शाक्य, वरिष्ठ अधिवक्ता राधेश्याम अधिकारीले मन्त्री बडूलाई भेटेर सरकार मौन रहन नहुनेमा जोड दिएका थिए ।

मन्त्री बडूले त्यही ब्रिफिङ गरेका थिए । तर प्रधानमन्त्री देजवाले न्यायालयमा देखिएको विवादमा सरकारले हस्तक्षेप नगर्ने बताएका छन् । ‘संविधानले राज्यका निकायको अधिकार प्रष्ट बताएको छ । अदालतको विषयमा संविधानको दायरा नाघ्न मिल्दैन,’ देउवाले मन्त्री बडुलाई भने, ‘यो अदालतको समस्या हो, अदालतले नै यसको निकास दिनुपर्छ ।

विवादलाई सरकारले नजिकबाट हेरिरहेको र समस्याको निकास अदालतबाटै होस् भन्ने चाहेको उनले बताएका छन् । कानूनमन्त्री बडूले पनि सर्वोच्च अदालतमा देखिएको विवादबारे सरोकारबाला पक्षहरुसँग छलफल भइरहेको बताएका छन् ।

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बोलाएको आफू निकट केन्द्रीय सदस्यहरुको छलफलमा पुगेका कानुनमन्त्री बडूले सञ्चारकर्मीहरुसँग भने, ‘हामी सरोकारबाला पक्षहरुसँग छलफलमा छौं, तर सरकार अहिले नै हस्तक्षेप गर्ने पक्षमा छैन ।’

प्रधानमन्त्री शेरबहादुर देउवा