२६ कात्तिक, काठमाडौं। प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले संसदमा रचनात्मक रुपमा प्रदर्शन गर्ने वातावरण नबनेको बताएका छन् ।
धुलिखेलमा संसदीय प्रभावकारिताका लागि सञ्चारकर्मीको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् ।
ट्रम्पको पालामा अमेरिकाको डेमोक्रेसी डिलबाट ढल्न लागिसकेको थियो । तर सिस्टमले बचायो । तर हामीसँग सिस्टम छैन । सिस्टम बनाउने क्रममा छौं । नेपाली जनताको सन्तुलित भूमिकाले अहिलेको स्थितिमा छौं । सिस्टम बसेको भए यति हुँदैनथ्यो। सिस्टम बसाल्ने प्रयास गरिरहेका छौं ।’
सापकोटाले ओलीको नाम नलिई दुई पटकको संसद विघटनलाई लोकतान्त्रिक प्रणाली भत्काउन खाजेको प्रयासका रूपमा अर्थ्याए । यसमा उनले ट्रम्पको उदाहरण दिएका हुन्।
५ पुस प्रतिनिधिसभा विघटन देखि २८ असार दोस्रो पटक संसद पुनर्स्थापना सम्मका दिन आफ्ना लागि सिक्ने विश्वविद्यालय भएको उनले बताए ।
उनले भने, ‘पाठ सिक्नु महत्वपूर्ण छ । धेरै सामग्री प्राप्त भएको भोलि दर्शन र इतिहासका विद्यार्थीलाई रोचक हुनेछ ।’
सभामुख सापकोटाले संसद पुनर्स्थापनापछि पनि काम गर्ने वातावरण नपाएको गुनासो गरे ।