शेयर कारोबार मापक नेप्से परिसूचक घट्ने क्रम आज पनि रह्यो

२५ कात्तिक, काठमाडौं । शेयर कारोबार मापक नेप्से परिसूचक घट्ने क्रम आज पनि रह्यो । अस्ति मंगलबार ८० अंकले घटेको नेप्से परिसूचक आज बिहीबार करिब ६० अंकले घटेको छ ।

नेप्से परिसूचक ५९ दशमलव ५७ अंकले घटेर २ हजार ६ सय ९० दशमलव २९ अंकमा झरेको छ । उता क वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि १० दशमलव ६३ अंकले घटेको छ ।

नेप्से परिसूचकसँगै कारोबार रकम पनि बिहीबार सुस्तायो । यस अघिको कारोबारमा साढे ६ अर्ब बढीको शेयर किनबेच भएपनि बिहीबार जम्मा ५ अर्ब ११ करोडमा रोकिएको छ ।

केहि दिन अघिसम्म लगातार बढिरहेका कम्पनीहरु आइसीएफसी र महालक्ष्मी विकास बैंकको शेयर मूल्य बिहीबार सबैभन्दा धेरै घट्नेको पहिलो नम्बरमा देखिएका छन् । यी दुबै कम्पनीहरुको शेयर मूल्य ९।९९ प्रतिशतले बढेको छ ।