Breaking News

प्रदेश १ को मुख्यमन्त्रीमा राजेन्द्र राई नियुक्त

१६ कात्तिक, विराटनगर । प्रदेश १ को मुख्यमन्त्रीमा राजेन्द्र राई नियुक्त भएका छन् । प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले संविधानको धाारा १६८ (२) अनुसार मुख्यमन्त्रीमा राईलाई नियुक्त गरेका हुन् ।

भीम आचार्यले हिजो सोमबार मुख्यमन्त्रीबाट राजीनामा दिएपछि सोमबार प्रदेश प्रमुख प्यासीले अर्को सरकारका लागि मंगलबार दिउँसो १ बजेसम्म दावी पेश गर्न आह्वान गरेका थिए ।

नेकपा एकीकृत समाजवादीका नेता राईले नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टीका गरी ४९ सांसदको हस्ताक्षरसहित बहुमतको मुख्यमन्त्रीका लागि दावी पेश गरेका थिए । मुख्यमन्त्री राईले आज नै पद तथा गोपनीयताको शपथ लिनेछन् ।