Breaking News

ओली प्रवृतिबाट देशलाई मुक्त गर्न जरुरी छ त्यसका लागि आउने चुनाव पाँचदलीय गठबन्धनले मिलेर लड्ने

१६ कात्तिक, रौतहट । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले गृह जिल्ला रौतहटमा आज सञ्चारकर्मीहरुसँग कुरा गर्दैै आउने चुनाव पाँचदलीय गठबन्धनले मिलेर लड्ने बताएका छन् । तालमेलका लागि पाँच दलका नेताहरु बसेर छलफल गर्ने र एकताबद्ध भएर अगाडि बढ्ने उनले बताए ।

साथै उनले अर्ली इलेक्सन आवश्यक नभएको चुनावलाई कम खर्चिलो बनाउन तीनै तहको निर्वाचन एकै साथ गर्नेमा उनको जोड छ ।

प्रधानन्यायाधीश चालेन्द्रशम्शेर जबराको विवादको विषयमा सत्तारुढ गठबन्धनका नेताहरु बसेर छलफल गर्ने उनले बताए ।
अधिकांश समय एमाले अध्यक्ष केपी शर्मा ओलीको चर्को आलोचना गरेका नेता नेपालले उनी निरंकुश र एकल शासन रुचाउने व्यक्ति भएको बताए । उनले ओली प्रवृतिबाट देशलाई मुक्त गर्न जरुरी रहेको समेत धारणा राखेका छन् ।