स्व.बागवीर नेपालीको नवौ पुण्य स्मृतिमा एमाले जलजला गाउँकमटीद्धारा श्रद्धान्जली सभा

कात्तिक १३, बेनी । स्वर्गीय बागविर नेपालीको नवौ पुण्य स्मृतिको अवसरमा नेकपा एमाले जलजला गाउँपालिका कमिटीले बागबीरको दिवाङगत आत्माको चिरशान्ति कामना गदै शोकसन्तप्ध परिवारप्रती धैर्यधारण अर्पण सहित श्रद्धाञ्जिली सभा गरिएको छ ।

जलजला २ डिलफाँटमा २०१५ सालमा जन्मिएका बागवीर गाउँ समाजको लागी विकास पे्रमीका साथै सरल इमान्दारी स्पष्ट व्यक्ति उनी यही कात्तिक ४ गते उनकै निवासमा अल्पआयुमै निधन भएको हो ।

स्व. बागबीरको श्रद्धाञ्जली सभामा प्रमुख अतिथि नेकपा एमाले जलजला गाउँपालिका अध्यक्ष लाल बहादुर अधिकारीले स्वः बागवीर नेपालीको तस्वीरमा माल्याणर्पण गदै समवेदना प्रकट र सोकसन्तप्ध परिवारजनप्रति धैर्यधारणा गर्न आग्रह गरेका थिए । अध्यक्ष अधिकारीले स्व.बागवीर नेपालीको निधनले एमाले पार्टीलाई अतुलनीय क्षति पुग्नुका साथै सरल इमान्दार पार्टी र समाजप्रति सकरात्मक सोच विचार राख्ने असल ब्यक्ति गुमाएको समेत बताएका थिए ।

श्रद्धान्जली सभा जलजला २ का अध्यक्ष बम बहादुर वि.क. को अध्यक्षतामा भएको थियो । श्रद्धान्जली सभामा उपस्थिति जनप्रतिनीधि प्रकाश जी.सी., प्रेमहरी वि.क., कुल बहादुर वि.क., टेक बहादुर जी.सी.को थियो । श्रद्धान्जली सभा सञ्चालन बाबुराम कार्की ले गरेका थिए ।