१४ कात्तिक, काठमाडौं । राष्ट्रिय बाणिज्य बैंकले ठूलो संख्यामा स्थायी कर्मचारीको जागिर खुलाएको छ । लोक सेवा आयोगले विभिन्न १२ पदमा ८०० बढी जनाका लागि आवेदन खुला गरेको हो ।
९ औं तहको वरिष्ठ प्रबन्धकदेखि तह ५ को वरिष्ठ सहायक ९सूचना प्रविधिसम्म०का लागि आवेदन खुला गरिएको छ । २ जना वरिष्ठ प्रबन्धक, ६ जना प्रबन्धक र १८ जना उपप्रबन्धक (प्रशास), एक जना उपप्रबन्धक (लेखा) पनि माग गरिएको
छ ।
८४२ जनाका लागि आवेदन माग गरिएकोमा सबैभन्दा धेरै छैटौं तहको प्रशासनतर्फको सहायक प्रबन्धक पदमा २०० जना र त्यसपछि पाँचौं तहको प्रशासन तर्फकै वरिष्ठ सहायक पदमा १७८ जना माग गरिएको छ ।
आवेदन अनलाइनमार्फत सोमबारदेखि भर्न सकिनेछ । फारामको म्याद मंसिर पाँच गतेसम्म तोकिएको छ ।