बार्सिलोनाद्धारा मुख्य प्रशिक्षक रोनाल्ड कोम्यानलाई बर्खास्त

काठमाडौं । स्पानिस क्लब बार्सिलोनाले मुख्य प्रशिक्षक रोनाल्ड कोम्यानलाई बर्खास्त गरेको छ । बार्षाले लगातार रुपमा खराव प्रर्दशन गरेपछि बार्षा भालेकानोसँग हारपछि बार्सिलोनाले स्टेटमेन्ट जारी गर्दै क्लब अध्यक्ष जोन लापोर्टाले बर्खास्ती बारे निर्णय कोम्यानलाई जानकारी दिएको जनाएको छ । यस्तै कोम्यानले बिहीबार टोलीलाई ‘गुडबाइ’ भन्ने पनि बार्सिलोनाले जनाएको छ ।

क्याम्प नोउमा प्रशिक्षक बनेको १४ महिनापछि नेदरल्याण्ड्सका नागरिक कोम्यान बर्खास्तीमा परेका हुन् ।

यस सिजन बार्सिलोनाले ला लिगामा १० खेलबाट जम्मा १५ अंक जोडेको छ । यस्तै च्याम्पियन्स लिगको समूह चरणमा दुई खेल हारिसकेको
छ ।

भालेकानोसँग पछिल्लो हारपछि बार्सिलोना ला लिगाको अंकतालिकामा नवौं स्थानमा छ ।