नेकपा एमाले बेनी नगर कमिटि अध्यक्षमा नारायण जिसी निर्बाचित

म्याग्दी । नेकपा एमालेको १० औं महाधिवेशन अन्तर्गत पालिका र नगरस्तरका अधिवेशन अन्तर्गत बेनी नगर कमिटि अध्यक्षमा नारायण जिसी निर्बाचित भएका छन् । ७५ सदस्यीय नगरकमिटिको उपाध्यक्षमा लिलाराम गौतम, सचिवमा सुवास बिश्वकर्मा, उपसचिवमा हिरा बहादुर थापा र लक्ष्मण कटुवाल चयन भएका छन् ।

चुनावी प्रक्रियामा नजाने भन्दै एमाले म्याग्दीको सचिवालय कमिटिले नगर कमिटि चयन गर्ने जिम्मेवारी लिएको थियो । सचिवालयको विशेष वैठकपछि सबैलाई मान्यहुने गरि नगर कमिटि चयन गरिएको एमाले म्याग्दीले बताएको छ ।