एमाले जलजला गाउँपालिकाको अधिवेशनबाट अध्यक्षमा लालबहादुर अधिकारी निर्वाचित : ७५ सदस्यीय गाउँपालिका कमिटी चयन

नेकपा एमाले जलजला गाउँपालिकाको प्रथम अधिवेशनबाट अध्यक्षमा लालबहादुर अधिकारी निर्वाचित भएका छन् । सम्पन्न प्रथम अधिवेशनले अधिकारी सहित पदाधिकारी ७५ सदस्यीय गाउँपालिका कमिटी सर्वसम्मत रुपमा चयन गरेको हो । कमिटीको उपाध्यक्षमा बावुराम कार्की, सचिव महेन्द्र रेग्मी ,उपसचिवहरुमा विकास गिरी र निलकण्ठ सुवेदी चयन भएको जलजला एमाले गाउँपालिका कमिटीले बतायो ।

निर्बाचित पदाधिकारीहरु र सदस्यहरुलाई निर्वाचन मण्डलका अध्यक्ष सुवेदीले पद तथा गोपनियताको सपथ ग्रहण गराउनुभएको थियो । अधिवेशनको उदघाटन प्रतिनिधिसभाका सांसद तथा नेकपा एमाले पर्वतका अध्यक्ष पदम गिरीले गर्नुभएको थियो ।

निर्वाचित अध्यक्ष अधिकारीले नेकपा एमालेलाई आगमी दिनमा जलजलामा बलियो बनाएर स्थानीय तहको निर्वाचन जित्ने आधार तयार पार्ने बताउनुभयो ।

यसैगरी अधिवेशनका अवसरमा कम्युनिष्ट आन्दोलनमा लागेर योगदान गर्नुहुने १० जना ज्येष्ठ नागरिकहरुलाई सम्मान पनि गरिएको थियो ।