एका बिहानै घरको आँगनमा खाद्यन्न समाग्री सहित पालिका अध्यक्ष पुग्दा

बैशाख ६, कालिकोट । कालिकोटमा कोरोना भाइरसको सङ्क्रमणलाई फैलिन नदिन र यसको रोकथाम र नियन्त्रण गर्न सरकारले जारी गरेको लकडाउनबाट अत्यावश्यक सेवा बाहेक सबै सेवा बन्द भएका बेला मानिसले घर बाहिर निस्कन पाएका छैनन् । एक प्याकेट नुन चार परिवारलाई बाँडने चलन भएको पलाँतामा दुई मुठी मुसुरोको दाल परेको हुन्थ्यो । उनी भन्दै थिए एक पाकेट नुन तीन चार परिवारलाई बाँडिएको हुन्थ्यो । यस्तो परिस्थितिलाई मध्य नजर गर्दैै पलाँता गाउँपालिका अध्यक्ष लक्ष्मण बहादुर बम पलाँती कान्छाले एका बिहानै खाध्यन्न सामान लिई पलाँता ४ मा पुगे । कोरोना भाइरसको संक्रमणको जोखिमलाई मध्यनजर गर्दै बिहान करीब ८ बजे परेको चट्याङले घर भत्काई गगनसिंह महताराको घरमा क्षेति पुर्याएको र उनिहरुलाई खान लाउन समेत समस्या परेकोको थाहा पाउनासाथ पलाँता गाउँपालिका अध्यक्ष ब्यक्तिगत खाद्ययन्न सामान लिएर गाउँ पुगेर ८ वटा परीवारहरुलाई एक एक बोरा चामल, दुई पाकेट तेल, घर क्षेति पुग्ने परीवारहरुका लागी पाल र प्रत्येक घरलाई पाँच केजि नुन बितरण गरेको ४ वडा अध्यक्ष ऐन राज महताराले बताएका
छन् । कोरोना भाइरसका कारण सरकारले लकडाउन गरेपछि बजारमा खाद्ययन्न सामान लिन गाह्रो भएको र जान पनि नपाइने भएका कारणले पालिका अध्यक्षले खच्चरमा खाद्ययन्न सामान बोकी आफै पुगेका हुन । अध्यक्षले करीब ३१८ घरधुरीका जनतालाई राहत वितरण गरिएको र अन्य प्रभावितलाई पनि क्रमशः राहत वितरण गरिने जानकारी दिएका छन् । अध्यक्ष बमका अनुसार राहत लिनका लागि राहत सामग्रीमा चामल, दाल, तेल, नुन लगायतका खाद्य सामग्री तयारी अवस्थामा रहेका छन् । स्थानीयका अनुसार हामीले सही व्यक्तिलाई रोजेका रहछौं, आज हामीले थाहा पायौं भोलिका दिनमा पनि यस्तै व्यक्तिलाई रोज्नुको विकल्प छैन भनेका छन् । अनि पलाँताले यो भन्दा अघि यस्ता नेतालाई बिर्षनु हुन्न । गाउँपालिका अध्यक्षले भगवानको जस्तो काम गर्ने गरेको र भोलिका दिनमा उहांलाई आफ्नो साथ सर्पोट सधै भरी रहने समेत बताएका छन् । स्थानीय बिरजित रोकायाका अनुसार सरकार यतै रहेछ सिंहदरबारको काम गाउँमा भनेको सत्य भएको आफुले महसुस गरेको बताउँदै भोलिका दिनमा हामी अध्यक्ष बमकै भोटर भएको समेत बताए ।
एक त विकट त्यसमा पनि पालाता क्षेत्र भएको ठाउँमा भोकमरीको अवस्था सर्धै नै आउँछ । त्यसमा विश्वमा कोरोना भाइरसले महामारी लिए पछि सरकारले लकडाउन लगाएपछि झनै त्यहाँको अवस्था कष्टकर बन्दै गएपछि पालिका अध्यक्षको कदम सहयोगलाई सलाम गर्दै आगामी दिनमा पालिकाको विकास र जनताको गाँस, बास र जीवन रक्षाको काममा सदैव लागिरहनु होस् हाम्रो कामना पनि ।