आत्मबल नै प्रमुख औषधि हो, त्यसैले नआत्तिनुहोस् – डिस्चार्ज महिला

बैशाख ६, बाग्लुङ । कोरोना भाइरसबाट संक्रमित आज एकैदिन दुई जना निको भएर घर फकिए । बेल्जियमबाट फर्केकी बाग्लुङकी ६५ वर्षीया महिला र फ्रान्सबाट आएकी १९ वर्षीया गरी दुई जनी आज शनिबार घर फर्किएकी हुन् ।
बाग्लुङकी महिलाको लगातार दोस्रो नतिजा नेगेटिभ आएपछि उनी कोरोनामुक्त बनेकी हुन् । चिकित्सकका अनुसार डिस्चार्ज गर्नलाई संक्रमितको २४ घण्टाभित्र दुईटा नतिजा नेगेटिभ आउनुपर्छ । निको भएपछि महिलालाई आजै डिस्चार्ज गरिएको हो ।
ति महिलाले भनेकी छन्, महिलाले आफूले ठूलो आत्मविश्वासका साथ यो रोगसँग लडेको बताइन् । एकदमै खुसी लागेको छ । संसारलाई हल्लाएको रोगलाई जितेर नयाँ जन्म पाएको जस्तो भएकाृ छ । साथै उनले परिवार र हौसला दिने सबैलाई धन्यवाद व्यक्त समेत गरिन् । उनले आफू १५ वर्षदेखि दमको रोगी भएपनि अस्पतालको बसाईमा कुनै समस्या नभएको बताइन् । यो रोगसँग लड्न आत्मबलले ठूलो सहयोग पुग्ने भन्दै उनले संक्रमितहरूलाई समेत नआत्तिन सुझाव दिएकी छिन् ।
गत चैत ४ गते बेल्जियमबाट आएकी महिला चैत २० गते अस्पताल भर्ना भएकी थिइन् । उनीसँगै बेल्जियमबाट आएकी नातेदार समेत पर्ने १९ वर्षीया युवती पनि कोरोना संक्रमणपछि सोही अस्पतालमै छिन् ।
युवतीलाई पहिले संक्रमण देखिएर अस्पताल भर्ना भएपछि महिलामा पनि परीक्षण गर्दा कोरोना देखिएको थियो । युवतीको भने चौथो परीक्षणको नतिजा पनि पोजेटिभ नै आएको छ ।