२२ भदौ, काठमाडौं । मन्त्रीपरिषद्लाई आज पूर्णता दिन लागिएको छ । यसका लागि सत्ता साँझेदार दल नेकपा एकीकृत समाजवादी पनि आजै सरकारमा जाँदैछ । यसका लागि पार्टीले विरोध खतिवडालाई स्वास्थ्य तथा जनसंख्यामन्त्री, सचिव रामकुमारी झाँक्रीलाई पर्यटन संस्कृति मन्त्रालय सहित अरु नेता प्रेमबहादुर आले र कृष्णकुमार श्रेष्ठ ‘किसान’ मन्त्री र भवानी खापुङ राज्यमन्त्री बन्दैछन् ।
उनीहरुको नाम प्रधानमन्त्रीसमक्ष पठाइसकिएको छ । स्रोतका अनुसार झाँक्री संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, आले शहरी विकास र श्रेष्ठ श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री बन्नेछन् ।
बुधबार स्थायी कमिटीमा बैठकमा झाँक्रीलाई स्वास्थ्य, खतिवडालाई शहरी विकास, आलेलाई नागरिक उड्डयन र श्रेष्ठलाई श्रममन्त्री प्रस्ताव गरिएको थियो ।