आजै मन्त्रिपरिषदलाई पूर्णता दिने तयारी समाजवादी सांसद भवानीप्रसाद खापुङले राज्यमन्त्री अस्वीकार गर्ने

काठमाडौं । नेकपा एकीकृत समाजवादी सांसद भएका छन् । एकीकृत समाजवादीले गठबन्धनको भागबण्डा मिलाउँदा चार मन्त्रालय मात्र पाउने भएपछि खापुङलाई राज्यमन्त्री बनाउने तयारी थियो ।

भवानी खापुङलाई राज्यमन्त्री बनाउने भनिएको हो । तर उहाँले राज्यमन्त्री नखाने भन्नुभभवानीप्रसाद खापुङले राज्यमन्त्री अस्वीकार गर्ने यो ।

यद्यपि खापुङलाई मनाउने प्रयास जारी रहेको ती नेताको भनाइ छ । तर खापुङले भने आफूलाई राज्यमन्त्रीको प्रस्ताव पनि नआएको निकटस्थलाई बताएका छन् । उनी निकट स्रोतले भन्यो , ‘सञ्चार माध्यममा राज्यमन्त्री बन्ने भनेर मेरो जोडिएको छ । तर मलाई कुनै नेताले राज्यमन्त्रीको प्रस्ताव पनि गर्नुभएको छैन । यदि राज्यमन्त्रीको प्रस्ताव आए स्वीकार्ने कुरा पनि हुँदैन भन्नुभएको छ ।’

उनी तेह्रथुमबाट प्रतिनिधि सभामा निर्वाचित भएका थिए । उनले काँग्रेसका केन्द्रीय सदस्य सीता गुरुङलाई पराजित गरेका थिए । यता एकीकृत समाजवादीले आफ्नो तर्फबाट सरकारमा सहभागी हुने चार जनाको नाम टुंगो लगाएको छ ।

एकीकृत समाजवादीले आफूले पाएका चार मन्त्रालय क्रमशः शहरी विकासमा विरोध खतिवडा, स्वास्थ्यमा रामकुमारी झाँक्री, पर्यटनमा प्रेम आले र श्रममा किसान श्रेष्ठलाई पठाउने निर्णय गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले आजै मन्त्रिपरिषदलाई पूर्णता दिने तयारी छ ।