कांग्रेस कीर्तिपुर नगर सभापतिमा प्रकाशमान सिंहनिकट कृष्णमान डंगोल सर्वसम्मत रूपमा चयन

नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत नगरसम्मेलन भइरहेका छन् त्यस अन्तर्गत काठमाण्डौंको कीर्तिपुर नगर सभापतिमा सर्वसम्मत रूपमा कृष्णमान डंगोल चयन भएका छन्।

डंगोल पूर्वमहामन्त्री प्रकाशमान सिंहनिकट हुन्।

यस्तै उपसभापतिमा सुदन बस्नेत र राजिता महर्जन गौतम चयन भएका छन्।

सचिवमा भने इच्छाकुमार महर्जन र किरण केसी चयन भए। सहसचिवमा सूर्यकान्त कोइराला र सानुमैया महर्जन चयन भएका छन्।

अन्यमा कोषाध्यक्षमा भने पवित्रा विष्टलाई मनोनित गरिएको छ। कांग्रेस विधानअनुसार कोषाध्यक्ष पदमा मनोनित गर्ने व्यवस्था छ