भौतिक मन्त्रालयका सचिवको सेटिङमा वरिष्ठदेखि कनिष्ठ सम्मका कर्मचारीको ब्यापक आर्थिक चलखेलगरी सरुवा

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले मन्त्रालयका सिनियरदेखि अधिकृतसम्मको सरुवा निकालेको छ ।असोज १५ मा चार सहसचिव (सुई) ,२७ उपसचिव (डीई) र ९५ अधिकृत (इन्जीनीयर) को सरुवा निकालेको छ । मन्त्रालयले यसअघि १८ र अहिले २७ गरी ४५ डीईहरुको सरुवा गरेको छ । इन्जीनीयर, डीई र सुईको सरुवामा भौतिक पूर्वाधार मन्त्रालयका सचिव रविन्द्रनाथ श्रेष्ठले ब्यापक आर्थिक चलखेल गरेको आरोप छ । डीईको सरुवामा बरिष्ठता, कार्यक्षमता भन्दा पनि आर्थिक मोलमोलाईलाई आधार मानिएको छ ।

कनिष्टहरु कर्मचारीलाई घुसकै आधारमा आकर्षक डिभिजन र आयोजनामा सरुवा गरिएको छ । सडकका इन्जीनीयर र डीईहरुको सरुवा बजेटको आकार हेरी जति बढी बजेट छ, त्यति नै बढी दररेट तय गरिएको छ । भौतिक मन्त्रालयका सचिव रविन्द्रनाथ श्रेष्ठको कार्यकक्षमा बस्ने रविन श्रेष्ठले नै सरुवाको डिल गरी जसले बढी घुस कबोल गर्छ, उसलाई त्यति बढी बजेट भएको आकर्षक आयोजनामा सरुवा गरिएको बुझिएको छ ।

सहसचिवको सरुवा सचिवले गर्न नमिल्ने ब्यवस्था भएकाले भूषण राणामार्फत् प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटेर सदर गराएका छन् । भौतिक मन्त्रीको कार्यभार प्रधानमन्त्री देउवाले नै सम्हाल्दैआएका छन् । पूर्वप्रधानमन्त्री केपी ओलीका प्राविधिक सल्लाहकार गजेन्द्र थपलियाको जोडमा ३ बर्ष हुलाकी सडक आयोजनाको प्रमुख भएका रोहित बिसुराललाई भौतिक मन्त्रालयमा ल्याइएको छ । भूषण राणाकै दबाबमा कर्णाली प्रदेशको सिंचाई मन्त्रालयका कामु सचिव धर्मेन्द्र झालाई अरबौं बजेट भएको हुलाकी सडक आयोजनाको प्रमुख बनाइएको छ । प्रदेश नम्बर १ का सुई नवीनामान श्रेष्ठलाई सुदूरपश्चिम प्रदेशको संघीय सुपरीवेक्षण तथा अनुगमन कार्यालयमा पुर्याइएको छ । त्यहाँका सुई प्रभात झालाई सडक बिभागमा ल्याइएको छ । प्रदेश १ को सुई खाली राखिएको छ । त्यहाँ पठाउन पनि मोलमोलाई भइरहेको छ ।

कनिष्टहरुलाई घुसकै आधारमा आकर्षक डिभिजन र आयोजनामा सरुवा गरिएको छ । सडकका इन्जीनीयर र डीईहरुको सरुवा बजेटको आकार हेरी जति बढी बजेट छ, त्यति नै बढी दररेट तय गरी गरिएको छ । आवरण विज्ञापन एजेन्सी भए सधैं भौतिक मन्त्रालयका सचिव रविन्द्रनाथ श्रेष्ठको कार्यकक्षमा बस्ने रविन श्रेष्ठले नै सरुवाको डिल गरी जसले बढी घुस कबोल गर्छ, उसलाई त्यति बढी बजेट भएको आकर्षक आयोजनामा सरुवा गरिएको छ ।

सडकका सरुवा सचिव श्रेष्ठले प्रधानमन्त्री देउवाका सालासँग मिलेर गरेका छन् । सडकका सरुवादेखि ठेक्कापट्टामा रमेश लेखक, वीरबहादुर बलायर मन्त्री हुँदादेखि राणा हावी हुँदैआएका छन् । बलायर भौतिक मन्त्री हुँदा त इन्जीनीयर सरुवा पनि राणाको निर्देशनमा हुने गरेको थियो । २९ असार, २०७८ मा देउवा प्रधानमन्त्री भए पनि भौतिक मन्त्री नियुक्त नभएकाले सचिव श्रेष्ठले राणासँग मिलेर सडकका सरुवा गरेका छन् ।

अमृतमणि रिमालले यसअघि विभाग सरुवा गरिएकोमा सचिवसँग हारगुहार गरी न्ुवाकोट डिभिजन मिलाएका छन् । इन्जीनीयरबाट केही महिनाअघिमात्र डीईमा बढुवा भएका सुदर्शन कार्कीलाई मोटो रकम लेनदेनको आधारमा बिराटनगर जस्तो आकर्षक डिभिजनमा पठाइएको छ ।

सचिव श्रेष्ठले डिभिजन प्रमुखमा सरुवा गरेका डीईहरुमा निरज श्रेष्ठ सुर्खेत, रामेश्वर लम्साल पाल्पा, रामपुकार जैसवाल दाङ, कैलाशकुमार श्रेष्ठ धनकुटा, बलिराज मल्ल बागलुङ, पशुपति ज्ञवाली ११ किलो, अर्जुन सुवाल चरिकोट, दीप बाराही डोटी र राजेन्द्रप्रसाद साह तुम्लिङटार छन् ।

त्यस्तै सरुवा हुने डीईहरुमा बिष्णुप्रसाद चौलागाई क्षेत्रीय सडक काठमाडौं, बिजयकुमार महतो एडीबी सडक उप आयोजना निर्देशनालय, विनोदप्रसाद सापकोटा गुणस्तर, पारसमणि हमाल मदन भण्डारी आयोजना सुर्खेत, अविमनदास मुल्मी हुलाकी धनगढी, राजेशकुमार यादव सेती दक्षिण साँफेबगर, पवन भट्टराई सहीदमार्ग, दानकुमार शाक्य विभाग
छन् ।

सरुवा हुुुुने अन्य डीईहरुमा जगत प्रजापति बेनी–जोमसोम आयोजना, गौतमकुमार श्रेष्ठ भक्तपुर–नगरकोट, बालाजु–त्रिशुली सडक आयोजना, दीपेन्द्र पाण्डे काठमाडौं सडक बिस्तार आयोजना, गुरुप्रसाद अधिकारी विभाग, राजीव श्रेष्ठ जुम्ला–नाग्मा–गमगढी सडक आयोजना, नातिबाबु खड्का बसन्तपुर सडक, रमेशकुमार सिंह मदन भण्डारी राजमार्ग र दिपेश रजक कोशी करिडोर छन् ।

सरुवा भएका डीईमध्ये डिभिजन र आयोजनामा सरुवा हुनेहरुसँग सचिव २५ देखि ४० लाख घुस असुली गरिएको आरोप सचिवमाथि लागेको छ । सिनियर डीईहरुले घुस दिन नमानेपछि कनिष्टहरुलाई आकर्षक डिभिजन र आयोजनाको प्रमुखमा पठाइएको छ ।

यसअघि लिलाम बढाबढ गरी सचिव श्रेष्ठले १८ डीईको सरुवा निकालेका थिए । मध्यपहाडी धुलिखेल, दैलेखमा पनि काममा भन्दा घुसमा चासो दिने डीई नारायण निउरेलाई काठमाडौं डिभिजन प्रमुखमा सरुवा गरिएको थियो । उनी तोकिएको दररेट बुझाएर सरुवा भएको चर्चा सडक विभागमा छ ।

सडकमा सधैं आकर्षक कार्यालयमा रम्दैआएका मेघराज मरासिनीलाई पुष्पलाल मध्यपहाडी सडक योजना कार्यालय पर्वतबाट धुलिखेल सरुवा गरिएको थियो । त्रिशुली–मैलुङ–स्याफ्रुबेसी सडक आयोजनाका प्रमुख डीई नारायणदत्त भण्डारीलाई पुष्पलाल मध्यपहाडी सडक योजना कार्यालय पर्वतमा पुर्याइएको छ । अर्का डीई अंगलाल रोकायलाई योजना पुल योजनाबाट सडक विभाग अन्तर्गत काज सरुवा लगिएको छ ।

डीई केदारप्रसाद नेपाललाई भौतिक मन्त्रालयबाट पुल योजना मध्य क्षेत्र नम्बर २, भौतिक मन्त्रालयका डीई किरण कार्कीलाई भौतिक मन्त्रालयबाट नारायणगढ–मुग्लिङ सडक आयोजना, कान्ति राजमार्ग सडक आयोजनाका ज्ञानेन्द्रकुमार झा भौतिक पूर्वाधार मन्त्रालय, काठमाडौं सडक डिभिजनका प्रमुख कुवेर नेपालीलाई काठमाडौं चक्रपथ सडक विस्तार आयोजनामा पठाइएको थियो ।

समाचार स्रोत : नेपाल फेस