रुपन्देहीमा खुकुरी प्रहारबाट एक जनाको हत्या एकजना घाइते

१८ असोज, बुटवल । लुम्बिनी प्रदेशको रुपन्देहीमा खुकुरी प्रहारबाट एक जनाको हत्या भएको छ । अर्का एकजना घाइते भएका छन् ।

मृत्यु हुनेमा रुपन्देही जिल्लाको शुद्धोधन(३ बेतानीस्थित प्लाई उद्योगमा काम गर्ने नवलपरासी पश्चिमको सुस्ता(३ का अवधेश चमार छन् । एउटै उद्योगमा काम गर्ने भारतीय मजदुर रवि सिंहको खुकुरी प्रहारबाट उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
हिजो राति रवि सिंहले खुकुरी प्रहार गर्दा गम्भीर घाइते चमारको अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सत्यनारायण थापाले बताए । मादक पदार्थ सेवन गरेपछि मजदुरबीच विवाद भएको र त्यसपछि खुकुरी प्रहार भएको थियो ।

रविले अवधेशलाई खुकुरी हानेपछि उनका बुवा गोपिचन्दलाई समेत प्रहार गरेका थिए । गोपिचन्दको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको छ ।