बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा पूर्व प्रधानमन्त्रीहरु माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईलाई विषयको मुद्दामा आज सुनुवाई हुँदै

१८ असोज, काठमाडौं । बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा पूर्व प्रधानमन्त्रीहरु माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईलाई किन मुद्दा नचलाएको भन्ने विषयमा आज सुनुवाई हुने भएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबरा र न्यायाधीश नहकुल सुवेदीको इजलासमा उक्त मुद्दा पेशीमा चढेको हो ।

दुवै पूर्वप्रधानमन्त्रीलाई पनि मुद्दा चलाउनुपर्ने आदेश हुनुपर्ने माग राखी वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले सर्वोच्च अदालतमा मुद्दा हालेका थिए । त्यही मुद्दा सुनुवाइका लागि पेशीमा चढेको हो ।

निवेदन बमोजिम रिट जारी भए अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललिता निवास जग्गा अनियमितता प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय नेपाल र भट्टराईको भूमिकाबारे फेरि अनुसन्धान गर्नुपर्ने हुन्छ ।