एमालेले वरिष्ठ उपाध्यक्ष र उपमहासचिव पद राखिने

१७ असोज, काठमाडौं । नेकपा एमालेको जारी बिधान सम्मेलनको आज अन्तिम दिन अध्यक्ष ओलीले आएका सुझावलाई सम्बोधन गर्दै सकिदै छ । महाधिवेशनमा समूहगत छलफलबाट आएकोे सुझावलाई समेट्दै वरिष्ठ उपाध्यक्ष र उपमहासचिव पद राखिने भएको छ ।

गोदावरीमा जारी विधान महाधिवेशनमा उपमहासचिव विष्णु पौडेलले पेश गरेको विधान संशोधन प्रस्तावमा उपमहासचिव पद राखिएको थिएन । तर समूहगत छलफलमा वरिष्ठ उपाध्यक्ष र उपमहासचिव पद राख्नुपर्ने जोडदार माग उठेको
थियो ।

समूहगत छलफलपछि जवाफ दिनेक्रममा पौडेलले वरिष्ठ उपाध्यक्ष र उपमहासचिव दुबै पद रहने बताए । अब एमालेमा पदाधिकारी संख्या १५ हुनेछ ।

अध्यक्ष, वरिष्ठ उपाध्यक्षसहित पाँच उपाध्यक्ष, महासचिव, उपमहासचिव र ७ सचिव रहने उनले बताए ।