लक्ष्मी लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा

१७ असोज, काठमाडौं । लक्ष्मी लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ । संस्थाले गत आर्थिक वर्ष २०७७/७८ को मूनाफाबाट लाभांश घोषणा गरेको हो । शुक्रबार बसेको सञ्चालक समितिको बैठकले शेयरधनीहरुलाई २० प्रतिशत बोनश शेयर दिने निर्णय गरेको छ ।

कम्पनीले कर समेत गरी ७.३७ प्रतिशत नगद लाभांश दिने निर्णय समेत गरेको छ । कम्पनीले निर्णयको जानकारी नेपाल स्टक एक्सचेञ्जमा गराइसकेको छ ।

अब नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि साधारणसभामा उक्त प्रस्ताव पेश हुनेछ । साधारणसभाबाट पारित भएपछि कम्पनीले शेयरधनीलाई बोनस शेयर दिनेछ ।