प्रभु क्यापिटले ४० प्रतिशत लाभांश दिने

प्रभु क्यापिटलले आफ्नो १३ औँ वार्षिक साधारण सभा सम्पन्न गरेको छ । साधारण सभाले क्यापिटलले प्रस्ताव गरेको १७।६१ प्रतिशत नगद लाभांश र २२।३८८५ प्रतिशत बोनस शेयर सहित कूल ४० प्रतिशत लाभांशको प्रस्तावलाई पारित गर्ने निर्णय गरेको छ ।

यससँगै नेपाल धितोपत्र बोर्डबाट मर्चेन्ट बैंकिङ्ग कार्य गर्न अनुमति लिएका संस्था मध्ये प्रभु क्यापिटल १ अर्ब चुक्ता पुँजी पु¥याउने पहिलो कम्पनी बनेको छ । प्रभु क्यापिटलले मर्चेन्ट बैंकिंग अन्तरगत शेयर रजिस्ट्रार, निष्कासन तथा बिक्री प्रबन्धक, प्रत्याभूतिकर्ताका साथै डिपि सदस्य, सामूहिक लगानी कोष व्यवस्थापक, लगानी व्यवस्थापन लगायतको सेवा प्रदान गर्दै आएको छ ।