बिहे गरेको ४ बर्षपछि अलग भए नागा र सामन्था

केही दिनदेखि भारतीय मिडियामा साउथका सुपरस्टार जोडी नागा चैतन्य र सामन्था अक्किनैनीकोे डिभोर्स हुन लागेको खबर सार्वजनिक भैरहेको छ । यो बिषयमा यी दुई कलाकारले औपचारिक रुपमा केही पनि बताएका थिएनन् । तर, आज एक प्रेस विज्ञप्ती नै जारी गर्दै आफूहरुले अलग हुने निर्णय गरेको जानकारी दिएकी छिन् ।

सामन्थाले मिडियासँग यो बिषयमा प्राइभेसी दिनका लागि आग्रह समेत गरेकी छिन् । सामन्थाले सामाजिक संजालमार्फत विज्ञप्ती जारी गर्दै लेखेकी छिन्–‘धेरै लामो समयको सोचविचार पछि म र नागा चैतन्यले फरक फरक बाटोमा अगाडि बढ्ने र पती–पत्नीको रुपमा अलग हुने फैसला गरेका छौं । हामी सौभाग्यशाली हौं किनकी एक दशक भन्दा लामो समयदेखिको हाम्रो मित्रता नै हाम्रो सम्बन्धको मुख्य हिस्सा थियो र हामी विश्वास गर्छौ कि आगामी दिनमा पनि हामीविच विशेष बन्धन रहनेछ ।’

सामन्थाले यो कठिन परिस्थितीमा आफूहरुको साथमा रहन आग्रह गर्दै मिडिया र फ्यानलाई व्यक्तिगत जीवन दिन पनि आग्रह गरेकी छिन् । सामन्थालाई डिभोर्सपछि जीवन अगाडि बढाउनका लागि नागाको तर्फबाट ५० करोड मिल्नेछ ।
सन् २०१७ को अक्टुबर ६ मा यी दुइले गोवामा १० करोड खर्च गरेर बिहे गरेका थिए ।