आज शुक्रबारबाट सुरु भएको नेकपा एमालेको विधान महाधिवेशनमा पेश भएका तीनवटा दस्तावेजमाथि छलफल गर्न प्रतिनिधिहरूलाई १० वटा समूहमा विभाजन गरिएको छ । भोली शनिबार बिहान ८ बजे सुरु हुने दोस्रो दिन ती दस्तावेजहरूमाथि समूहगत छलफल हुने प्रचार विभाग प्रमुख योगेश भट्टराईले जनाएका छन् ।
एमालेको प्रथम विधान महाधिवेशन ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा शुभारम्भ भएको हो । महाधिवेशनको उद्घाटन अध्यक्ष केपी शर्मा ओलीले गरेका थिए ।
कुल ६ हजार ३ सय ४७ प्रतिनिधिहरू सहभागी रहेको महाधिवेशनको उद्घाटन सत्रमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलले संगठनात्मक प्रस्ताव र उपमहासचिव तथा संगठन विभाग प्रमुख विष्णुप्रसाद पौडेलले विधान संशोधन प्रस्ताव प्रस्तुत गरेका थिए ।
महाधिवेशनलाई व्यवस्थित रुपमा सञ्चालन गर्न ५ कमिटीहरु गठन गरिएको छ ।
१.अध्यक्ष मण्डल
अध्यक्ष : केपी शर्माओली
सदस्यहरु : युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, रामबहादुर थापा बादल, सुवासचन्द्र नेम्वाङ, सत्यनारायण मण्डल र छविलाल विश्वकर्मा
२. प्रस्ताव मस्यौदा कमिटी
भीम रावल, घनश्याम भुसाल, रघुजी पन्त, यामलाल कँडेल, डा.राजन भट्टराई, पद्मा अर्याल र लीला भण्डारी
३. सुझाव अध्ययन कमिटी
शंकर पोखरेल, सुरेन्द्र पाण्डे, विष्णु रिमाल, डा.बिन्दा पाण्डे, ठाकुर गैरे, ज्वालाकुमारी साह र डा. शिवमाया तुम्बाहाम्फे
४. बहस नोट कमिटी
मणिचन्द्र थापा, भानुभक्त ढकाल, विष्णु रिजाल, गोविन्द नेपाली, मनोजजंग थापा, सिता सुन्दास, सरोज यादव र लीलबहादुर थापामगर
५. प्रचार समन्वय कमिटी
योगेश भट्टराई, खिमलाल भट्टराई र सूर्य थापा