Breaking News

विधान महाधिवेशनमा प्रस्तावत विधान जस्ताको तस्तै पारित भए अबदेखि पोलिटब्युरो कमिटी र उपमहासचिव पद नरहने

नेकपा एमालेको विधान महाधिवेशनमा प्रस्तावत विधान जस्ताको तस्तै पारित भए अबदेखि पोलिटब्युरो कमिटी र उपमहासचिव पद नरहने भएको छ । आजबाट सुरु भएको एमालेको विधान महाधिवेशनमा नेता विष्णु पौडेलले पेस गरेको विधान संशोधन प्रस्तावमा यसअघि कायम रहेको पोलिटब्युरो कमिटी र उपमहासचिव पद हटाइएको छ ।

एमालेको केन्द्रीय कमिटीपछि अव स्थायी कमिटी रहनेछ । अध्यक्षको नेतृत्वमा पदाधिकारीहरू सदस्य रहने केन्द्रीय सचिवालय रहने व्यवस्था गरिएको प्रस्तावित विधानमा अध्यक्ष १, उपाध्यक्ष ५, महासचिव १ र ६ जना सचिव रहने व्यवस्था छ । पदाधिकारी रहेको सचिवालय प्रस्ताव गरिएको एमालेमा यो निकाय शक्तिशाली बन्ने देखिएको छ । त्यस्तै महासचिवको नेतृत्वमा सचिवहरू रहेको केन्द्रीय कार्यालय रहने भएको छ । ४१ सदस्यीय स्थायी कमिटी गठन गर्ने प्रस्ताव पनि एमालेको विधानमा छ ।