प्रधानमन्त्रीज्यू जनतालाई भोकभोकै रोकेर कोरोना अन्त्य हुन्छ ?

६ वैशाख, काठमाडौं । उपत्यका छोडेर बाहिर जाने मानिसहरुलाई प्रधानमन्त्रीको जहाँ भेटिए त्यही रोकेर राख्नु भन्ने आदेश अनुसार प्रहरीले काठमाणडैंको नागढुंगा नाकामा रोकेर राखेको छ । प्राय काठमाण्डौंमा ज्यादारी, मकदुरी, दैनिक व्यावसाय, व्यापार र अन्य मजदुरी खालका मान्छेहरु अहिले उपत्यकामा मारमा पर्न थाले पछि जसरी भए पनि काठमाण्डौ उपत्यका छोड्नै पर्छ भन्ने मनस्थितिमा पुगेर हिडेरै भए पनि जान लागेका जनालाई प्रधानमन्त्रीले रोक्न आदेश दिएका छन् ।

जो नागढुंगा नाकामा रोकिएर राखेकाहरुले कोरोना भाइरसका कारणले देशमा लकडाउन भयो, अनि काम गर्न पाइएन, खान बस्न पाइएन यसैले उपत्यकाका छाड्न बाध्य भयौ । साथै उनीहरुको चर्को दुखेसो छ, सरकारले दिएको एक पटकको राहतले कतिञ्जेल पुग्थ्यो र ? त्यसमा पनि ५ जनाको परिवारलाई त झनै दुई दिन पनि पुग्दैन । राहत दिएको चामल, चिउरा दाल कुहिएको र कमसल । त्यो खादा झनै बिरामी भइन्छ की भन्ने डर भयो, सरकारले पनि हेदैन । त्यसकारण हामी हिडेरै भए पनि घर जान आएको बताएका छन् ।