फ्रान्सबाट आएकी कोरोना संक्रमित बिरामी निको भएर घर फर्किन

६ वैशाख, काठमाडौं । कोरोना भाइरस नेपालकी पहिलो संक्रमति बिरामी जो फ्रान्सबाट आएकी १९ वर्षीया एक युवती २७ दिन उपचारपछि आज शनिबार आफ्नो घर फर्किएकी छन् ।
फ्रान्सबाट कतार हुँदै नेपाल आएकी उनीमा कोरोनाभाइरस पुष्टि भएपछि गत गएको चैत ९ गते राति उपचारका लागि टेकु अस्पताल भर्ना भएकी थिइन् । उनी २७ दिन अस्पताल बसेर आज घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालका प्रेस विज्ञ माधव तिवारीले बताएका छन् । तर उनी चैत ४ गते नेपाल आएकी थिइन् । त्यसबेला सम्म उनी होम क्वारेन्टाइन बसेकी थिइन् । उनलाई कोरोना देखिएपछि परिवारका सदस्य पनि होम क्वारेन्टाइन बसेका थिए ।
नेपालमा देखिएको कोरोनाभाइरसको यो दोस्रो केस हो । चीनबाट आएका पहिलो विरामी पनि उपचारपछि घर फर्किसकेका थिए ।