काठमाडौं । बार्सिलोनाले यूईएफए च्याम्पियन लिग २०२१/२२ खराब प्रदर्शनको कारण लगातार दोस्रो हार बेहोरेको छ ।
समूह ई अन्तर्गत बुधबार राति भएको खेलमा पोर्चुगिज क्लब नफिकासँग बार्सिलोना ३-० ले पराजित भएको हो ।
वेनफिकालाई घरेलु मैदानमा शानदार जित दिलाउन डार्विन नुनेजले दुई तथा राफा शिल्भाले एक गोल गरे । खेलको तेस्रो मिनेटमै गोल गरेका नुनेजले ७९औं मिनेटमा पेनाल्टीमा व्यक्तिगत दोस्रो गोल गरेका थिए । राफा शिल्भाले ६९औं मिनेटमा गोल गरे ।
वेनफिकाले सन् १९६१ पछि बार्सिलोनालाई पराजित गरेको हो ।
समूहमा पहिलो जितपछि दुई खेलबाट चार अंक जोडेको वेनफिका दोस्रो स्थानमा छ । लगातार दुई खेल हारेको बार्सिलोना अंकविहिन हुँदै पुछारमा छ । पहिलो खेलमा बायर्नसँग पनि बार्सिलोना ३-० ले नै पराजित भएको थियो ।