वानेश्वर क्याम्पस नजिकै आज बिहान एक जनाको शव भेटियो

१४ असोज, काठमाडौं । काठमाडौंको वानेश्वर क्याम्पस नजिकै आज बिहान एक जनाको शव भेटिएको छ ।

क्याम्पस अगाडिको पुलमुनि एक जनाको शव भेटिएको महानगरीय प्रहरी वृत्त वानेश्वरका प्रहरीले बताएको छ ।
बिहान स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । खबर पाए लगत्तै वृत्तको टोली घटनास्थल पुगेको थियो ।