भोलीसम्म मन्त्रिपरिषद विस्तार हुन्छ

प्रवक्ता, कृष्णबहादुर महरा

६ असोज, काठमाडौं । नेकपा माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले मन्त्रिपरिषद विस्तार भोलि हुने बताएका छन् । आजको पार्टी स्थायी समितिको बैठकपछि पत्रकारसँग कुरा गर्दै महराले भोलिसम्म मन्त्रिपरिषद विस्तारको काम सकिने बताएका छन् ।

ढिला भएको हो अब त्यो काम करिब करिब सिद्धियो । आज र भोलिसम्म सरकार विस्तारको कम सिद्धिन्छ’ महराले
भने ।

बिहीबार बस्ने प्रतिनिधिसभाको बैठकले दलविभाजनसम्बन्धी अध्यादेशको टुंगो लगाउने पनि प्रवक्ता महराले बताए । दल विभाजन अध्यादेशको प्रतिस्थापन विधेयक ल्याउने उनले बताए ।