नेकपा एकीकृत समाजवादीले भोलि पार्टीको महासचिव टुंगो लगाउने

६ असोज, काठमाडौं । नेकपा एकीकृत समाजवादीले भोलि पार्टीको महासचिव टुंगो लगाउने भएको छ । अध्यक्ष माधवकुमार नेपालले पेश गरेको राजनीतिक प्रतिवेदन संशोधनसहित पास गरेसँगै केन्द्रीय कमिटी बैठक अरु एजेण्डामा प्रवेश गरेको छ ।

प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाका अनुसार भोलिको बैठकले पार्टीको महासचिव टुंगो लगाउने छ भने स्थायी कमिटी र पोलिटब्यूरोलाई पनि अन्तिम रुप दिनेछ ।

बैठकले पार्टीको मुखपत्र ‘समाजवाद’ प्रकाशित गर्ने र चुनाव चिह्न पनि छिट्टै टुंगो लगाउने निर्णय गरेको नेता खतिवडाले बताए ।