कमेडी च्याम्पियन-२ को उपाधि भरतमणि पौडेलले जिते

रियालिटी सो कमेडी च्याम्पियन-२ को उपाधि भरतमणि पौडेलले जितेका छन्।

विक्की अग्रवाल र सन्तोष थापालाई हराउँदै पौडेलले हिजो राति भएको फाइनलमा उपाधि जितेका हुन्।

भरतमणीले आफ्नो कयारिकेचरमा पूर्वसञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटा, पूर्व युवराज पारस शाह, घरबेटीजस्ता प्रस्तुति दिएर निकै चर्चामा आएका पौडेलले उपाधि जितेका हुन्। उपाधिसँगै पौडेलले कार र २५ लाख नगदसमेत पाएका छन्।

आफ्नो भोगाइ मिसाएर समय सान्दर्भिक सामाजिक तथा राजनीतिक व्यंग्य गर्ने उनको खुबीलाई दर्शकले अत्यधिक रूचाएका थिए।

यस्तै भारत सिक्किमका विक्की अग्रवाल दोस्रो भए। उनले मोटरसाइकल पाए।
त्यस्तै अर्का सन्तोष थापा पनि दोसो रचन अफ हुदै उनले स्कुटर पाएका थिए ।