प्राविधिक कारण सरकार विस्तार हुन नसकेको हो तर पनि असोज ४ या ५ गतेसम्म सरकार विस्तार हुन्छ

अध्यक्ष, प्रचण्ड

२ असोज, जनकपुरधाम । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तीन दिनभित्रै सरकार विस्तार हुने बताएका छन् ।

प्रदेश २ को अस्थायी राजधानी जनकपुरधाममा प्रदेशका नेता/कार्यकर्तालाई प्रशिक्षण दिएर यहाँबाट फर्किने क्रममा संचारकर्मीसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले प्राविधिक कारण सरकार विस्तार हुन नसकेको हो तर पनि असोज ४ या ५ गतेसम्म सरकार विस्तार हुन्छ ।

अध्यक्ष प्रचण्डले एमसीसीकै कारण गठबन्धनमा कुनै असर नपर्ने बताए ।

संविधान लोकतन्त्र, गणतन्त्र, संविधानको रक्षाका लागि यो गठबन्धन बनेको चर्चा गर्दै उनले यो गठबन्धन आगामी चुनावसम्म कायम रहने बताए । एमसीसीलाई परिमार्जनसहित सर्वदलीय संयन्त्र मार्फत् पारित गर्नुपर्ने उनले बताए ।