नेपाल एएफसी महिला एसियन कप २०२२ को छनोट अन्तर्गत पहिलो खेलमा फिलिपिन्ससंग २-१ ले पराजित

२ असोज, काठमाडौं । नेपाल एएफसी महिला एसियन कप २०२२ को छनोट अन्तर्गत पहिलो खेलमा फिलिपिन्ससंग २(१ ले पराजित भएको छ । उज्वेकिस्तानमा शनिबार भएको समूह एफ को पहिलो खेलमा नेपाल पराजित भएको हो ।

खेलमा नेपालले पहिले अग्रता लिएपनि अन्तिममा सम्हालिन नसक्दा त्यसलाई जोगाउन सकेन । नेपालले ९० औं मिनेट र इन्जुरी टाइमको दोस्रो मिनेटमा गोल खाएको थियो ।

उज्वेकिस्तानको जेएआर स्टेडियममा भएको खेलमा विमला चौधरीले खेलको १० औं मिनेटमा गोल गर्दै फिफा वरियतामा ३३ स्थान माथि रहेको फिलिपिन्स विरुद्ध नेपाललाई दिलाएकी थिइन् । पहिलो हाफमा अग्रता कायम राखेको नेपालले ८९ मिनेटसम्म फिलिपिन्स विरुद्ध अग्रता कायम राखेको थियो ।

फिलिपिन्सका लागि ९० औं मिनेटमा ताहनाई अनिशले बराबरी गोल फर्काइन् । पहिलो गोल गरेपछि फिलिपिन्सले एक मिनेटपछि नै अर्को गोल थप्यो । इन्जुरी टाइमको दोस्रो मिनेटमा कमिल्ला विल्सनले फिलिपिन्सको लागि विजयी गोल गरिन् ।

नेपालले अब समूह एफको अर्को खेल हङकङसंग असोज ५ गते खेल्नेछ ।