संसद बैठक बस्दै एमालेद्धारा अवरोध जारी नै राख्ने

गएको शुक्रबार सरकारले प्रमुख प्रतिपक्ष एमालेको बिरोधका बिचमै प्रतिस्थापन विधेयकबाट बजेट ल्याएको छ भने हिजो बसेको स्थायी कमिटी बैठकले सभामुख नसच्चिएसम्म संसद बैठक अवरोध नै गर्ने बताएको छ । तर पनि आज प्रतिनिधि सभाको बैठक बस्दैछ।

संघीय संसद सचिवालयका अनुसार आइतबार दिउँसो १ बजेका लागि संसद बैठक डाकिएको छ।
सभामुख अग्निप्रसाद सापकोटाको भूमिकालाई लिएर एमालेले विरोध गरेको छ। एमाले कारवाही गरेका आफ्ना १४ जना सांसदलाई कारवाही नगरेर संसदमा प्रवेश गराएको र एमाले फुटाउन सभामुखले भूमिका खेलेको आरोप एमालेका सांसदहरूले लगाएका छन्।