एमाले स्थायी कमिटी बैठकले संसद बैठक अवरोध जारी राख्ने निर्णय : संसदमा अप्रिय घटना घटे सभामुख र सत्तापक्षले लिनुपर्ने

नेकपा एमालेको आज बसेको स्थायी कमिटी बैठकले प्रतिनिधिसभामा प्रमुख प्रतिपक्षी एमालेले बिरोध जनाउँदै गर्दा प्रतिस्थापन विधेयक ल्याउने काम अशोभनीय भएको र सरकारलाई बलमिच्याइँ गरेको बैठकले निस्कर्ष निकालेको छ । त्यस्तै सरकारले ल्याएको लोकप्रिय बजेटको कटौति गरेर हचुवाको भरमा कार्यक्रम थपेको बताए ।

यस्तै सभामुख अग्निप्रसाद सापकोटाले नेकपा एमाले पार्टी विभाजनको निम्ति भूमिका खेलेको, सभामुखले संसदलाई निष्पक्षतामा नलगी सत्तापक्षको प्रतिनिधि भएर काम गरेको एमालेको ठहर छ । त्यसका लागि भोलि १२ बजे संसदीय दलको बैठक बोलाइएको छ ।