Breaking News

एमाले सांसदको नाराजुलुस चल्दैछ समामुखले संसद बैठकको कारवाही बढाएकै छन्

२५ भदौ, काठमाडौं । आज बसेको प्रतिनिधिसभा बैठकमा पनि एमालेले नाराजुलुस गरिरहेको छ भने सभामुखले भटाभट बिधेक पेश गर्न अनुमति दिंंदै पास र फेल भएकोे घोषणा गरिरहेका छन् । बैठकमा प्रमुख विपक्षी नेकपा एमालेको नाराबाजीका बीच सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभा (संसद) को बैठक अगाढी बढारहेका छन् ।

पहिलो बैठक एमाले सांसदहरुको नाराबाजीका १५ मिनेटका लागि स्थगित भएको थियो भने दोस्रो बैठकमा पनि एमाले सांसदहरुले नाराबाजी गरे पनि त्यसलाई वास्था नै नगरी सभामुखले संसदको कारबाही अगाडि बढाए । उनले नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का सांसद प्रेम सुवाललाई अध्यादेश अस्वीकारको प्रस्ताव पेश गर्न समय दिए ।

उनले भने प्रतिपक्षको नाराबाजीका बीच विरोधको सूचना पेश नगर्ने बताए । लगत्तै सभामुखले अर्थमन्त्री जनार्दन शर्मालाई आर्थिक अध्यादेश पेश गर्न समय दिए ।

नाराबाजी गरिरहेका एमाले सांसदहरुले अर्थमन्त्रीको बाटो छेक्न खोजेका थिए । उनी दौडिएर रोष्टममा पुगे । र, प्रमुख प्रतिपक्षीको नाराबाजीका बीच अध्यादेश पेश गरे भने अध्यादेशबारे उठेका प्रश्नबारेमा खण्डन गरेका थिए ।