Breaking News

बहिर्गमित जनमुक्ति सेना नेपालका अध्यक्ष रमेश बसेल सहित दर्जनौ कोटेश्वरबाट पक्राउ

२४ भाद्र, काठमाण्डौ । अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) की उपाध्यक्ष फतिमा सुमार नेपालको चारदिने भ्रमणका लागि काठमाडौं आएसंगै नेपालमा व्यापक विरोध र प्रदर्शन भएका छन् ।

आज बिहान काठमाण्डौको त्रिभुवन अन्तरांष्ट्रिय बिमानस्थलमा उनको बिरोधमा नाराजुलुस भएका थिए । त्यसो त नेपालमा एमसीसीको बिरोध दिनदिनै भइरहेका छन् । त्यसमा पनि एमसीसीका उपाध्यक्ष नै नेपालमा आएपछि बिरोध नहुने कुरै भएन । यसै क्रममा एमसीसी र त्यसका उपाध्यक्ष नेपालमा आएको बिरोधमा आज दिउंसो काठमाण्डौको कोटेश्वरमा भएको बिरोध प्रदर्शनमा व्यापक धरपकट भएको छ । सो प्रदर्शनमा बहिर्गमित जनमुक्ति सेना नेपालका अध्यक्ष रमेश बसेल (करन) सहित दर्जनौलाई पुलिसले गिरप्तार गरेको छ ।

एमसीसीको बिरोधमा कोटेश्वरमा प्रदर्शनम उत्रिएका बहिर्गमित जनमुक्ति सेना नेपालका अध्यक्षलाई प्रहरीले प्रक्राउ गरे पछि उनले प्रहरीको भ्यानमा चढ्दै गर्दा एमसीसीको चर्को बिरोधका साथै एमसीसी चाहिदैन गो ब्याक एमसीसी, नेपाली राष्ट्रियता धावा बोल्नेगरी आँच आउने एमसीसी चाहिदैन जस्ता नारा लगाउनु भएको थियो । उनले कदरन्यूजलाई दिएको छोटो प्रतिक्रिया अनुसार अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) नेपालको लागि घातक र राष्ट्र हित विपरीत भएको र यसले भोलिका दिनमा अमेरिकी साम्राज्यवाद लाद्न सक्ने भएकाले नेपालको संसदबाट पारित नर्गन र एमसीसीका सबै बुंदाहरु एकएकगरी सबै नेपालीले पढन् जरुरी भएको समेत प्रतिक्रिया दिएका थिए । साथै उनले जबसम्म नेपालबाट एमसीसी फिर्ता हुँदैन तबसम्म निरन्तर एमसीसीका बिरुद्धमा बिरोध र नाराजुलुस लागिरहेने समेत बताउन भ्याएका थिए ।

आज काठमाण्डौमा एमसीसीका बिरुद्धमा बिरोध र प्रदर्शन भइरहेका छन् ।