Breaking News

तीन दिनका लागि तलबभत्ता बाहेक अरु सबै रकम निकासा रोक्का

२४ भदौ, काठमाडौं । महालेखा नियन्त्रक कार्यालयले आज बिहीबारदेखि लागू हुने गरी तीन दिनका लागि तलबभत्ता बाहेकका चालु आर्थिक वर्षको बजेटबाट कुनै पनि रकम निकासा नगर्न मातहतका कार्यालयलाई निर्देशन दिएको छ ।

कोष तथा लेखा नियन्त्रक कार्यालय, प्रदेश लेखा नियन्त्रक कार्यालय र प्रदेश इकाइ कार्यालयहरुलाई पत्र लेख्दै महालेखाले बिहीबारबाट शनिबारसम्म लागू हुने गरी बजेट निकासा रोक्न भनेको हो ।

पत्रमा भनिएको छ, ‘आर्थिक वर्ष २०७८र७९ को नेपाल सरकारको बजेट निकासा सम्बन्धमा तलब, भत्ता र निवृत्तिभरणबाहेकको कुनै पनि बजेट निकासा बिहीबारदेखि शनिबारसम्म नगराउनु होला ।’

यस अवधिमा निकासाई भई बजेटमा भएको परिवर्तनबाट खर्च गर्न नमिल्ने भएमा सम्बन्धित निकासा माग गर्ने र निकासा गर्ने अधिकारी नै जिम्मेवार हुने समेत महालेखाले जनाएको छ । चालु खर्चतर्फ अनिवार्य दायित्व मानिने तलब, भत्ता, निवृत्तिभरणसहितका खर्च भने रोक्न
मिल्दैन ।