आज बसेको पहिलो बैठक अवरुद्ध पछि स्थगित भएको १५ मिनेट पछि सुरु भएसंगै प्रमुख प्रतिपक्षी नेकपा (एमाले) का सांसदहरूले प्रतिनिधि सभा बैठकमा नाराबाजी गरेपछि बैठक फेरि १५ मिनेटका लागि स्थगित भएको छ।
बैठक सुरू हुनासाथ एमाले सांसदहरूले आफ्नो पार्टी फुटाउन सभामुख मतियार बनेको भन्दै नाराबाजी गरेका थिए। एमाले सांसदहरूले सर्वोच्च अदालतलमा विचारधीन मुद्दा संसदमा ल्याएको भन्दै सभामुख अग्नि सापकोटाले आक्रोश पोखेका थिए।
त्यसपछि बैठक १५ मिनेटका लागि स्थगित भएको थियो। केही समयपछि फेरि सुरू भएको बैठकमा पनि एमाले सांसदहरूले ‘संसदीय मर्यादा कायम गर’ लगायतका नारा लगाएका थिए।
एमाले सांसदहरूको नाराबाजीपछि सभामुख सापकोटाले फेरि बैठक १५ मिनेटका लागि स्थगित गरेका हुन्।