एमसीसी प्रयोग गरेर सत्ता गठबन्धन फुटाउने षडयन्त्र भइरहेको छ

अध्यक्ष ‘प्रचण्ड’

२३ भदौ, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष ‘प्रचण्ड’ले एमसीसी प्रयोग गरेर सत्ता गठबन्धन फुटाउने षडयन्त्र भइरहेको बताएका छन् ।
तर आफूले गठबन्धन जोगाउन र देशलाई क्षति नहुने गरी एमसीसीको समाधान गर्न चाहेको उनले बताए ।

आज बिहान आयोजित एक कार्यक्रममा प्रचण्डले देशभित्रबाट पनि र देश बाहिरबाट पनि गठबन्धन तोड्ने षडयन्त्र भइरहेको बताए ।

यो गठबन्धन तोड्ने षडयन्त्र पनि भइरहेको छ, देशभित्रबाट पनि देश बाहिरबाट पनि । एमसीसी प्रयोग गरेर यसलाई फुटाउन सकिन्छ कि भनेर एकथरि लागिरहेका छन् ।’

‘हामी चाहिं यथास्थितिमा हुन सक्दैन भनिराख्या छौं । हामी सकेसम्म गठबन्धनलाई बचाएर, यसको पनि समाधान सकारात्मक ढंगले होस्, देशलाई क्षति नहुने ढंगले चाहेका छौंख।

तर अर्को वर्ग पूरै ताकतका साथ गठबन्धनलाई तोड्ने, प्रतिक्रान्तिलाई निरन्तर अगाडि बढाउने र माओवादीहरुलाई घेरा हालेर सिध्याउने षडयन्त्रमा लागेको प्रचण्डको भनाइ रहेको छ।