Breaking News

एमाले जुम्ला जिल्ला कमिटी पुरै एकीकृत समाजवादी पार्टीमा विलय

एमाले बिभाजन भएपछि त्यसको धेरे असर जुम्लामा पनि परेको छ । एमाले जुम्ला जिल्ला कमिटी पुरै एकीकृत समाजवादी पार्टीमा विलय भएको छ।

हिजो शुक्रबार पत्रकार सम्मेलन गरी जिल्ला पार्टी कमिटीले सिंगै कमिटी समाजवादीमा गएको जनाएको हो।

जुम्लामा एमालेको ६१ सदस्यीय जिल्ला कमिटी थियो। तीन जनामध्ये सिंगो कमिटी समाजवादीमा गएको जिल्ला अध्यक्ष तीर्थबहादुर बुढाले बताए ।

त्यस्तै, निर्वाचित जनप्रतिनिधिहरूमध्ये प्रदेश ख का सांसद पदम रोकायालगायत नगरपालिकामा जितेका सबै वडा अध्यक्षहरू पनि समाजवादीमा गएका छन्। अन्य जनप्रतिनिधिहरूलाई भदौ २२ गतेसम्ममा सनाखत गर्न आह्वान गरिएको उनले बताए ।

भदौ २३ गते समाजवादीको भेला गर्ने निर्णय भएको बुढाले बताए ।