नेकपा एमाले फुटेर नयाँ पार्टी निर्माैण भएपछि अहिले एमालेमा भुइचालो नै आएको छ । एमाले वरिष्ठ नेता माधवकुमार नेपालले नेकपा एकीकृत समाजवाी पार्टी निर्माण गरेपछि एमालेमा अहिले धेरै नेता तथा कायकर्तामा बिचलन आउन थालेको छ । यसै क्रममा हिजो मात्र पार्टीका निर्णाक तथा प्रभावशाली नेता पार्टी उपाध्यक्ष बामदेव गौतमले एमाले उपाध्यक्ष पदका साथै पार्टीाट नै राजीनामा दिएका छन् । तर गौतमले राजीनामा दिंदा अध्यक्ष ओलीलाई धेरै दोष देखाउदै एमालेबाट बाहिरीएका छने भने उनले एकीकृत समाजवादी पार्टीमा प्रवेश गर्ने विषयमा छलफल अगाडि बढाएका छन्।
तर, त्यसका लागि गौतमले एकीकृत समाजवादीले जनताको बहुदलीय जनवाद (जब) सिद्धान्त अंगिकार गर्नुपर्ने ‘सर्त’ राखेका छन्।
शुक्रबार गौतमले केपी ओली नेतृत्वको नेकपा एमालेको आवद्धता त्यागेको घोषणा गरेका छन्।
उनीनिकट स्रोतका अनुसार नेपालले जबज अंगाले गौतमले तुरुन्तै समाजवादी पार्टीमा प्रवेश गर्ने योजना बनाएका छन्।