अर्घाखाँचीको बरबोटमा हायस माइक्रो दुर्घटना एक जनाको मृत्यु पाँच जना घाइते

आज बिहानै अर्घाखाँचीमा गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
शितगंगा नगरपालिका वडा नम्बर ३ बरबोटमा भएको हायस माइक्रो दुर्घटनामा परी पाँच जना घाइते भएका छन्।

काठमाडौंबाट अर्घाखाँची जाँदै गरेको बा३ख ८६३९ नम्बरको हायस बिहान शितगंगा-३ बरबोटस्थित नेपाली सेनाको ब्यारेक नजिकै दुर्घटनामा परेको हो।

इलाका प्रहरी कार्यालय ठाडाका अनुसार हाइसमा चालक र सहचालक सहित १३ जना सवार रहेकोमा एक जनाको मृत्यु भएको छ भने पाँच जना घाइते छन्।

अहिले दुर्घटनामा घाइते भएकाको उद्धार गरी उपचारको लागि बुटवल पठाइएको छ।

घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। दुर्घटनापछि गाडी सडकबाट १ सय मिटर तल झरी रुखमा अडिएको प्रहरीले जनाएको छ।

लुम्विनी प्रदेश टाफिक प्रहरी कार्यालय बुटवलका प्रवक्ता प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेका अनुसार दुर्घटनामा परी मृत्यु हुनेमा भुमिकास्थान नगरपालिका वडा नम्बर ९ अर्घाखाँचीका ३२ वर्षीय सञ्जष विक रहेका छन्।

घाइते हुनेमा भुमिकास्थान(१ का पिपलनेटा श्याम नेपाली, भुमिकास्थान(८ का केशव खत्री र भुमिकास्थान धारापानीका हायस चालक सुजन रायमाझी, सहचालक टेकराज बन्जाडे, सन्धिखर्क १२ डिभर्नाका गोविन्द बस्याल, सन्धिखर्क(११ की समीक्षा शाह, सन्धिखर्क(१ की सीता मुखिया, मालारानी(५ का गंगाबहादुर खत्री, भुमिकास्थान १ का लोक नेपाली र सप्तरीका खड्क कुमार साह रहेका छन् ।