Breaking News

प्रदेश २ मा नेकपा एमालेका १० जना सांसदले नेकपा एकीकृत समाजवादीमा सनाखत

१७ भदौ, जनकपुरधाम । एमाले छोडेर समाजवादी पार्टी रोज्ने क्रममा प्रदेश २ मा नेकपा एमालेका १० जना सांसदले नेकपा एकीकृत समाजवादी रोजेका छन् । उनीहरु बिहीबार प्रदेश निर्वाचन कार्यालय जनकपुरधाममा गएर एकीकृत समाजवादी दल रोजेको जानकारी गराएका हुन् ।

एकीकृत समाजवादी रोज्ने सांसदहरुमा शत्रुधन महतो, गोविन्दबहादुर न्यौपाने, प्रमोद यादव, अशोककुमार यादव, मञ्जुकुमारी यादव, बेची लुंगेली, रवीन्द्र बैठा, नागेन्द्र राय यादव, हसिमा खातुन र मनोज सेन श्रीवास्तव छन् ।

सांसद दिल्ली उप्रेती उपचारका निम्ति भारतको दिल्लीमा रहेकाले उनले दूतावासमार्फत् आफ्नो सनाखत गराउने सांसद बेची लुंगेलीले जानकारी दिइन् ।

यस्तै, सांसद सुन्दरबहादुर विश्वकर्मा र सीता गुरुङ खराब मौसमका कारण बिहीबार आउन नसकेको र अर्को दिन आएर सनाखत गर्ने लुंगेलीले बताइन् ।

प्रदेशमा नेकपा एमालेका २१ जना सांसद छन् । यसमध्ये १३ जना शुरुदेखि नै माधव नेपाल पक्षमा देखिँदै आएका छन् ।