Breaking News

गोकुल बास्कोटाको जिल्ला काभ्रेका प्रदेश क्षेत्रका दुबै सांसद नेकपा एकीकृत समाजवादीमा

नेकपा एमाले फुटेर बनेको नेकपा एकीकृत समाजवादी पार्टीमा सनाखत गर्ने क्रम जारी छ । निर्वाचन आयोगले आउंदो भाद्र २२ सम्म समय दिएपछि त्यो क्रम एमालेबाट एकीकृत समाजवादीमा समाहित हुने क्रममा काभ्रे क्षेत्र २ को प्रदेश निर्वाचन क्षेत्र का दुबै प्रदेश सांसदले एकीकृत समाजवादी पार्टी रोजेका छन् । एमाले सांसद एवम् पूर्वमन्त्री गोकुल बाँस्कोटाको निर्वाचन क्षेत्र हो त्यो । बास्कोटा एमाले अध्यक्ष ओलीका विश्वास पात्र हुन् ।

नेता बाँस्कोटाको निर्वाचन क्षेत्र काभ्रे २ को प्रदेश निर्वाचन क्षेत्र(१ का लक्ष्मण लम्साल र प्रदेश निर्वाचन क्षेत्र(२ का बसुन्धरा हुमागाईं दुवैले एकीकृत समाजवादी रोजेका छन्।

२०७४ को निर्वाचनमा लम्सालले २७ हजार ६ सय २१ मत ल्याएका थिए भने हुमागाईंले २८ हजार ६ सय ७७ मत ल्याएकी थिइन्।

एमाले विभाजनपछि बागमती प्रदेशका १२ सांसदले एकीकृत समाजवादी रोजेका छन्।