कोरोना लकडाउनले शैक्षिक संस्थाको पठनपाठन अन्यौलमा

४ वैशाख, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) का कारण देश पूरै लकडाउनमा रहको बेला सबै क्षत्रलाई प्रभाव पारेजस्तै शैक्षिक क्षेत्र पनि बन्द अवस्थामा रहेका छन् । एसईई को परीक्षा चैत्र ६ गते तोकिएको भए पनि कोरोना भाइरसका कारणले अनिश्चितका लागि स्थगित छ । एक कक्षा १ देखि ९ सम्म वार्षिक परीक्षा भएपनि रिजल्ट बिद्यालयहरुmले सार्वजनिक गर्न सकेका छ्रनन् । बैशाख १५ भित्र नयाँ शैक्षिक सत्र शुरु गरिसक्नु पर्ने भएपनि कोरोनाका कारणले कति पर लम्बिने हो एकिन पनि छैन ।
कारोना भाइरसको त्रास कहिलेसम्म रहन्छ र लकडाउन कहिले खुल्छ त्यो भन्न यकिन नभएकाले वैकल्पिक उपायबारे अध्ययन थालिएको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जनाएको छ । मन्त्रालयका एक उच्च स्रोतका अनुसार कोरोनाको त्रास कहिलेसम्म रहन्छ, कसैलाई पनि थाहा छैन । भारतमा कोरोना अन्त्य नभएसम्म हामी सधँै त्रसित हुनुपर्ने भएकाले शिक्षामा वैकल्पिक व्यवस्था गर्न लागेका छौँ ।
मन्त्रालयका अनुसार कक्षा १ देखि ९ सम्मको परीक्षाको नतिजा लकडाउन खुलेको एक हप्ताभित्र सार्वजनिक गर्ने तयारी छ । यसबारे शिक्षामन्त्री गिरिजामणि पोखरेलले आज बिहीबार सातवटै प्रदेशका सामाजिक विकास मन्त्रीसँग भिडियो संवाद गरेका थिए ।
प्रदेश मन्त्रीहरूले पनि एक हप्ताभित्र नतिजा सार्वजनिक गर्न सकिने बताएका थिए । अधिकांश विद्यालयहरूले कक्षा १ देखि ९ सम्मको परीक्षा ५ चैतसम्ममा सम्पन्न गरेका थिए । अधिकांश विद्यालयले उत्तरपुस्तिका जाँचेर नतिजा तयार पारिसकेको जानकारी आफूहरूले पाएको मन्त्रालयका एक अधिकारीले बताए । तर शिक्षा बिद्हरुले परीक्षाको नतिजा प्रकाशन गर्न किन लकडाउन खुल्यो पर्यो र रिजल्ट प्रकाशन गर्न लकडाउनले रोकेकै छैन । यस कारण लकडाउन कसरी खुला गर्छ र विद्यालय सञ्चालनबारे सरकारले गर्ने निर्णयमा गर्छ त्यसैले अन्यौल भएका कारण अनलाइन कक्षा सञ्चालन लगायतका विकल्पको बारेमा पनि पनि सोच्नु पर्ने भएको छ ।